इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसेका छन् । उक्त मन्त्रालय प्रधानमन्त्री स्वयमःले राखेर पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

पहिलो पटक मन्त्रिपरिषद्मा यस प्रकारको संरचना देखिएको हो । राष्ट्रपति कार्यालयले बुधबार साँझ विज्ञप्तिमार्फत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको पुष्टी गरेको हो ।

प्रधानमन्त्रीले विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । अन्य मन्त्री यथावत छन् ।