दुई वर्ष पुरानो ‘भक्तपुर इन्काउन्टर’मा प्रहरी दोषि, पक्राउपछि गोली हानेको पुष्टी

Photo source : Setopati

काठमाडौं । दुई वर्ष अगाडी भक्तपुरमा एक बालकको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई इन्काउन्टर गरेको थियो । २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै प्रहरीले दुई जनालाई मारेको घटना नियोजित भएको राष्ट्रिय मानवाधिकार आयोगले निष्कर्ष निकालेको छ ।

प्रहरीले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्तका क्रममा दुई जना मारिएको बताएको थियो । तर, आयोगले भने पक्राउ गरी नियोजित रुपमा हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले बुधबार तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाएको र कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आयोगले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाहीको सिफारिस गरेको छ । भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङ माारिएका थिए । उनीहरुको हत्या भएको निष्कर्ष प्रहरीको रहेको छ ।

आयोगले गरेको छानविनमा दुबै जनालाई प्रहरीले घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको छ । यसलाई मानवाधिकारको गम्भीर उल्लंघन मानिएको छ ।