सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’

काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा उनले भेटको औचित्य पुष्टी गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटेका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले भने भारतीय गुप्तर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको प्रतिक्रिया दिएका थिए । मिश्रले भने सामाजिक संजालमार्फत ज्ञवालीलाई प्रश्न राखेका हुन् ।
यस्ता छन् मिश्रले सरकारलाई सोधेका प्रश्न
१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन रु परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको रु अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?