सप्तरीमा कार र रिक्सा ठोक्किए, दुई जनाको मृत्यु

राजविराज। सप्तरीमा रिक्सा र कार ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा थप पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एकआपसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका हनुमाननगर कंकालिनी नगरपालिका वडा न २ का ७० वर्षीय द्वारिकालाल दास र त्यही नगरपालिका वडा नं १ का ७० वर्षीय बद्रि मुखियाको ज्यान गएको छ । दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।