दुबई । जारी इण्डियन प्रिमियर लिगमा प्ले अफ पुग्ने तीन टोलीको टुंगो लागेको छ । सोमबार दिल्ली क्यापिटल्ससँगको लिग चरणको अन्तिम खेलमा ६ विकेटले पराजित भए पनि रोयल च्यालेन्जर्स बेंग्लोर आइपिएल २०२० को प्लेअफमा पुगेको छ । यससँगै मुम्बई, दिल्ली र बेंग्लोरले प्लेअफमा स्थान पक्का गरेका छन् ।
बेंग्लोर १४ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको कोलकता नाइटराइडर्सको समेत १४ अंक नै छ। तर रनरेटमा कोलकताभन्दा अगाडी बेंग्लोर रहेपछि उसको प्लेअफ यात्रा निश्चित भएको हो । आज मुम्बई र सनराइजर्स हैदरावादबीचको खेल हुँदैछ । उक्त खेलमा मुम्बई विजेता भएमा कोलकत्ता प्लेअफमा पुग्नेछ । हैदरावादले जित निकाले उसको प्लेअफको ढोका खेल्नेछ ।