काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ । समूह बीमा पहिलो खेल हारेका दुबै टोलीबीच गोलको प्रतिस्पर्धा भएको थियो । रियलले इन्टरमाथि कुल ३-२ गोलले हराएको हो ।
खेलको २५ मिनेटमा करिम बेन्जिमले रियललाई पहिलो गोल गरेका थिए । ३३ औं मिनेटमा सर्जियो रामोसले रियलको अग्रता दोब्बर बनाए । ३५ मिनेटमा इन्टरका मार्जिनेजले गोल फर्काउँदै खेलमा फर्कने संकेत गरे ।
इन्टरका लागि पेरिसिकले ६८ मिनेटमा अर्को गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको ८० मिनेटमा रोद्रिगोले गोल गर्दै रियलको वियजी पक्का गरे । यस समूहको अर्को खेलमा युक्रेनको क्लब शख्तर डोनेट्स्कमाथि जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखले ६-० को जित निकाल्यो ।