आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

Photo : THT

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार परेको छ । यमदूतका रुपमा आज कागलाई पूजा गर्ने प्रचलन रहेको छ । कागलाई मनपर्ने खाना खान दिने र पूजा गर्ने प्रचलन रहेको छ ।

कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास लिइन्छ । त्यसो त सूचना प्रविधिको जमाना शुरु नभएको बेला कागलाई सन्देशबाहक पंक्षीका रुपमा लिने गरिन्थ्यो । घरमा आएर काग कराएमा कुनै न कुनै सन्देश प्राप्त हुने विश्वास नेपाली समाजमा अहिले पनि रहेको छ ।

यस वर्ष यमपञ्चक बिहीबारबाटै शुरु भएको हो । तर, काग तिहार भने आज मनाउन लागिएको हो । धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व समेत आजै मनाइने भएको हो । भोली बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइने भएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० मा परेको छ ।