काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको छ ।
पार्टी कार्यालयका अनुसार यसबाहेक पार्टीको आन्तरिक विवादका विषयमा समेत छलफल हुनेछ । महाधिवेशन नजिकिएको सन्दर्भमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच असन्तुष्टि समेत बढिरहेको छ ।
देउवाको कार्यशैलीप्रति पौडेलले चित्त बुझाउन सकेका छैनन् । खासगरी विभागहरुको गठन र मनोनयनमा सभापतिले एकलौटी गरेको उनको आरोप छ ।
कांग्रेस महाधिवेशन फागुनमा गर्ने तयारी छ । यद्दपी कोरोना भाइरसको संक्रमण र जोखिमका कारण मिति पर सार्न सक्ने सम्भावना समेत रहेको छ ।