काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आनाकानी गर्दै आएको बैठक कार्यकारी अध्यक्ष प्रचण्डले आफै डाकेर एक्सन लिने चेतावनीपछि बस्न तयार भएको हो ।
सचिवालय बैठक अघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सचिवालय सदस्यसँग अनौपचारिक छलफल गरेका छन् । प्रचण्डले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् ।
पाँच नेताबीच आजको बैठकमा एकमतका साथ प्रस्तुत हुने सहमति जुटेको छ । सरकार संचालनका दौरान पार्टीको निर्देशन नमानेको, पार्टीमा विभाजन ल्याउन खालका अभिव्यक्ति र गतिविधि गरेको दिएको आरोप नेताहरुले प्रधानमन्त्रीलाई लगाएका छन् ।
बैठक शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि यी पाँच सदस्यले बैठक बोलाउन प्रधानमन्त्रीलाई निकै पटक अल्टीमेटम दिएका थिए । प्रधानमन्त्रीले भने आनाकानी गरेका थिए ।