सुनिल थापा बने कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जना नेतालाई समेत केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको पार्टी कार्यालयले जनाएको छ ।

अब रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई कांग्रेसका केन्द्रीय सदस्य बनेका छन् । दिलिप राई आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय समेत पार्टीले गरेको छ । थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका पुत्र हुन् ।