काठमाडौं । फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई १ ० गोलले हराएको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरे । जितपछि ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलले ३ खेलबाट ९ अंक जोडेको छ । यसअघि शुक्रबार भएको खेलमा अर्जेटिना र पाराग्वेले एक एक गोलको बराबरी खेलेका थिए ।