काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् ।
अब नेपालमा कोरोना जित्नेको संख्या भने १ लाख ७० हजार ६ सय ३२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् । १ हजार ५७ जना भने क्वरेण्टीनमा छन् ।