काठमाडौं । यमपञ्चकको आज चौथो दिन गाई र गोरुको पूजा गरेर मनाइदैछ । गाईलाई नेपालमा भगवान मानिन्छ । उनको पूजा गर्दा आमासरह माया पाइने धार्मिक विश्वास रहेको छ । धार्मिक अनुष्ठानहरुमा गाईको दूध, गहुँत र गोबर पवित्र हुन्छ । सोहीकारण पनि हिन्दुहरु गाईलाई भगवान मान्ने गर्छन् ।
आधुनिक विज्ञानमा समेत स्थानीय गोरस रोगको प्राकृतिक औषधिका रूपमा प्रयोग भएको प्रमाणित भएको छ । आजै कृषि कर्ममा हलो जोतेर वर्षभर कृषकको साथ दिने गोरुलाई पनि घरघरमा पूजा गरिन्छ ।
आज गोठमा गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गर्ने प्रचलन रहेको छ । आज घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने प्रचलन छ । यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण देउसी भैली खेल्न रोक लगाइएको छ । भाइटीका भने भोली मनाइने छ ।