काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटको संघारमा छ । दुई अध्यक्षबीचको विवादले पार्टीमा तिब्र असुन्तुष्टी बढिरहेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।
नेपालमा कम्युनिष्ट पार्टीबीचको विवाद मिलाउन चीनले भूमिका खेल्ने गरेको बताइन्छ । त्यसमा चिनियाँ राजदूतको संक्रियताले समेत त्यसको पुष्टी छ । अघिल्लो पटक उनकै सक्रियतामा पार्टीको विवाद केही मत्थर भएको थियो ।
राजदूत र प्रधानमन्त्री बीच मंगलबार राति प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो । उनीहरुबीच डेढ घण्टा कुराकानी भएको नेपाली संचारमाध्यमले जनाएका छन् ।