काठमाडौं । विश्वप्रपसिद्ध अस्ट्रेलियाको टी -२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०-२१ मा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने खेल्ने पक्का भएकोृ छ । यसअघि आइपिएलमा एउटा पनि खेलमा मौका नपाएका उनलाई बिबिएलमा के हुने भन्ने निश्चित थिएन । तर, होबर्ट हुरिकेन्सले सन्दीपसँग सम्झौता भएको पुष्टी गरेको छ ।
होबर्टले २० वर्षीय युवा स्पिनर सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको हो । सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुनेछ । सन्दीप भने जनवरीमा मात्र टीममा आवद्ध हुनेछन् । सन्दीपले समेत नयाँ टीममा आवद्ध भई बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
अस्ट्रेलियाबाट आफुले सधैं माया र समर्थन पाइरहेको उनले बताएका छन् । सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले दुई सिजनमा २० खेलबाट २६ विकेट लिएका थिए। सिजनको बिग ब्यास लिग आगामी १० डिसेम्बरबाट सुरु हुँदैछ। लिग ६ फेब्रुअरीमा सकिनेछ।