चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रमा तिब्र विवाद छ । यसको बाछिटा अब तल्लो तहसम्म देखिन थालेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी भएको एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् ।
राप्ती नगरपालिकास्थित वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा यस्तो घटना भएको हो । पाण्डेले भाषण गरिरहेको समयमा केही नेताले उनको भनाईमा असहमति राख्दै होहल्ला र नारावाजी गरेको नेपाली संचारमाध्यमले लेखेका छन् ।
उनीहरुले पाण्डेले एक गुटको पक्षमा बोलेका कारण विरोध गरेको जनाएका छन् । त्यसो त पाण्डे चितवनबाटै निर्वाचित सांसदसमेत हुन् । पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न नदिने चेतावनी ओली पक्षधर कार्यकर्ताले दिएका छन् ।