काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्यसहित दुई नेतालाई पक्राउ गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का अनुसार उनीहरुलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
दर्नाल केन्द्रिय अर्थ विभाग प्रमुख तथा पोलिटव्युरो सदस्य हुन् । उनीसँगै नेकपाका अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) समेत प्रहरीको नियन्त्रणमा छन् ।
सरकारले विप्लव समुहलाई प्रतिवन्धित समुहको सूचिमा राखेको छ । प्रवक्ता प्रकाण्डले आपराधिक र अपहरणकारी शैलीमा नेताहरुको गिरफ्तार गरिएको भन्दै विनासर्त रिहाईको माग गरेका छन् ।
पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील रहेको समयमा जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाएर पक्राउ गरेको समूहको दावि छ ।