काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसमा ३३७ महिला र ४४८ जना पुरुष रहेका छन् । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।