च्याम्पियन्स लिगमा हार्यो रियल, समुह चरणबाटै बाहिरिने खतरा

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तगर्त गत राती सम्पन्न खेलमा रियल म्याड्रिड हारेको छ । उसको हारले समुह चरणबाटै बाहिरिने जोखिम समेत बढाएको छ । रियल म्याड्रिड कमजोर टोली शख्तर डोनेटस्कसँग २\० गोल अन्तरले पराजित भएको हो।​

शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरे । रियल म्याड्रिडको ५ खेलबाट ७ अंक भएको छ । उ समुहमा तेस्रो स्थानमा छ।

अब समुहको अन्तिम खेल बोरुसिया एमग्लाडवाचविरुद्धको खेलमा बराबरी वा पराजित भएको अवस्थामा रियल बाहिरिनेछ । त्यसकारण अब उसका लागि यो खेल निर्णायक बनेको छ ।

उक्त खेल १० डिसेम्बरमा हुनेछ । यो समुहमा एमग्लाडवाच ५ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । शख्तर ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । इन्टर मिलान ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ।