विप्लव समुहले हत्या गरेका शिक्षकको आज अन्त्येष्टि

मोरङ । मोरङमा सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको आज अन्त्येष्टि गरिने भएको छ । उनको बुधबार शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । त्यसपछि शव आफन्तलाई बुझाइएको हो ।

उनका पुत्र छत्रले शव बुझेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका उनी स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । उनको विप्लव समूहले मंगलबार बिहान अपहरण पछि जंगलमा हत्या गरेको हो । समुहले हत्याको जिम्मेवारी समेत लिएको छ । प्रहरीले हत्याराको खोजी जारी रहेको बताइको छ ।


पार्टीविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहको भनाई छ ।