काठमाडौं । काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा ट्रकको ब्रेक फेल भएपछि भयानक सडक दुर्घटना भएको छ । ट्रकले ८ वटा गाडीलाई ठक्कर दिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
यस दुर्घटनामा १० जना घाइते भएका छन् । थानकोटबाट कलंकी तर्फ आउँदै गरेको प्र०२(०३००१ख१४२० नम्बरको मालवाहक ट्रकको ब्रेक फेल भएको थियो।
ब्रेक फेल भएर अनियन्त्रित हुँदा भित्रि सडकमा पार्किङमा राखेका आठ वटा सवारीसाधनलाई ठक्कर दिएको हो । मृतक ओखलढुङ्गाका ३० वर्षीय शंकर दमाई रहेको बताइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी छ ।