प्रमले बोलाएको संवैधानिक परिषदप्रति कांग्रेस सशंकित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकलाई कांग्रेसले पार्टीको कार्यक्रम विथोल्ने षडयन्त्रका रुपमा बुझेको छ । सोहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन्। कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शनको कार्यक्रम राखेको छ ।

त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राखेपछि कांग्रेस सशंकित बनेको हो । देउवाले आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश उनले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् देउवाले शनिबार प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।

संवैधानिक परिषदको बैठक बोलाएर लेनदेनका माध्यमबाट कांग्रेसको प्रदर्शन कमजोर पार्न प्रधानमन्त्रीले खोजिरहेको कांग्रेसको बुझाई छ । अर्कोतर्फ आइतबार नै नेकपाको स्थायी समिति बैठक समेत डाकिएको छ ।

संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्तसहितका संवैधानिक आयोगमा पदपूर्ति गर्नुपर्ने छ ।