काठमाडौं । नेपालमा दैनिक संक्रमणको संख्या तीन अंकमा झरेको छ । अर्थातः हरेक दिन १ हजारभन्दा माथिको संक्रमण पुष्टी भइरहेकोमा शनिबार मात्र ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा कुल ५ हजार २४२ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने १६८९ जना रहेको छ । मन्त्रालयका अनुसार अब देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका छन् ।