तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना रहेको प्रहरीको भनाई छ ।
गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुलाई नेपाली संचारमाध्यमले जानकारी दिए अनुसार पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो । शनिबार दिउँसो घरबाट खेल्न निस्किएका उनीहरु राती अबरेसम्म फर्किएका थिएनन् । त्यसपछि खोजतलास थालिएको थियो । त्यसक्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।