काठमाडौं । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।
आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो ।
यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।