संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न प्रचण्डको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टी जनाएका छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘ संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ तुरुन्त खारेज गर्न अध्यक्ष प्रचण्डले माग गरेका छन् ।

उनले बदनियतपूर्ण तरिकाले आएको अध्यादेश तत्काल फिर्ता हुनुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरुले संसद अधिवेशन बोलाउन माग गरिरहेका बेला थाहै नदिई अध्यादेश ल्याउनु कुनियत भएको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् ।