आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?

काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन लागेको हो । नेपालमा नेकपाको फूट र यसमा आइरहेको उतारचढावबारे उक्त टोलीले चासो लिेन भएको छ । उनको आगमनसँगै नेपालको राजनीतिमा नयाँ धार देखिने अनुमान समेत गरिन्छ ।

किनकी शनिबार नेकपा अध्यक्ष प्रचण्डले नेता बामदेव गौतमसँग भेटेका थिए । उक्त भेटमा गौतमले जे सुकै भएपनि पार्टी एक हुने वातावरण भने बनाइराख्न आह्वान गरेका थिए । आफु संसद विघटनको विरुद्धमा रहेको समेत उनको भनाई थियो ।

उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने छन् । यद्दपी भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले कुनै योजना सार्वजनिक नगरेको नेपाली संचारमाध्यमहरुले लेखेका छन् । स्रोतका अनुसार चीनले नेकपा एक भएको हेर्न चाहन्छ । त्यसकारण यो पार्टीमा आएको फूटबाट ऊ संतुष्ट छैन ।