विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार प्रदेश मन्त्रिपरिषद्का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे । अन्ततः यो कदम उनकै मन्त्रीपरिषद्का लागि घातक हुने देखिएको छ । आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले उनले मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
तर, अब भने वास्तवमै अविश्वासको प्रस्ताव ल्याउन बाटो खुलेको प्रतिक्रिया नेताहरुले दिएका छन् । मन्त्री आङ्बो प्रचण्ड–नेपाल समुहका हुन् । मूख्यमन्त्री राई भने ओली समुहका हुन् । मूख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै सम्भवतः आजै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएको छ ।
यसको तयारीमा जुटेको नेताहरुले जनाएका छन् ।प्रचण्ड–नेपाल समुह नेकपा भित्र बहुमत रहेका कारण अविश्वासको प्रस्ताव आउनासाथ मूख्यमन्त्री राई स्वतः अल्पमतमा पर्नेछन् ।
यसअघि बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश १ मा भने नयाँ सरकार बनाउन अब निकै कसरत गर्नपर्नेछ ।
किनकी नेकपामा फूट आएसँगै अब कांग्रसलाई सरकारमा सहभागी गराउनै पर्छ । केन्द्रमा पार्टीमा आएको फूटको प्रभाव अब प्रदेश सरकारहरुमा पर्न लागेको हो ।