चाबहिलमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चाबहिलमा मोटरसाइकल पुलबाट खस्दा एक जनाको मृत्यु भएको छ । चाबहिलको गोपिकृष्णहल नजिकै पुलबाट मोटरसाइकल धोवीखोलामा खसेको हो । प्रहरीका अनुसार बा २६ प ४०२१ नम्बरको मोटरसाइकल खोलमा खस्दा चालक सिन्धुली घर भएका २७ वर्षिय लोकनारायण श्रेष्ठको ज्यान गएको हो ।

उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए । राती भएको यो घटनालगत्तै उनलाई उपचारका लागि नेपाल–भारत अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको छ । दुर्घटनाको कारण खुलेको छैन ।