संखुवासभामा विप्लव समुह र प्रहरीबीच गोली हानाहान

संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो ।

त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए ।

प्रहरीले एक दर्जन गोली चलाएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा गएको बताइएको छ ।

गोली चलाउँदै उक्त समूहका नेतासहित ३ जना जंगलतिर भागेको बताइएको छ । उक्त घरबाट भने विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद भएको बताएको छ ।