काठमाडौं । सरकार र उखु कृषकबीच सहमति भएको छ । तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच आज चार बुँदे सहमित भएसँगै कृषक आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको छ । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
सरकारले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण कृषकका मुद्दा ओझेलमा परेका थिए । त्यसो त गत वर्ष नै उद्योग मन्त्री आफैले कृषकलाई रकम उपलब्ध गराउने गरी कृषकसँग सहमति गरेका थिए । तर, उनी त्यसमा असफल भएका छन् ।