काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमालको मृत्यु भएको हो ।

बुधबार राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएको छ । प्रहरीले चालक रामचन्द्र थापा र टिपरलाई समेत नियन्त्रणमा लिएको छ । राजधानीमा साँघुरा संरचनामा समेत तिब्र गतिमा कुद्ने टिपर सडक दुर्घटनाका मूख्य कारक बन्दै गएका छन् ।