चीन आइपुग्यो बेलायतमा देखिएको कोरोनाको नयाँ भाइरस

काठमाडौं । बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ स्वरुप चीनमा समेत देखिएको छ । कोरोना भाइरस भने पहिलो पटक चीनमा देखिएको थियो । विश्व नै आक्रान्त बनाएको यो भाइरसको एक वर्षपछि खोप वितरण भइरहेको छ । तर, बीचमा बेलायतमा नयाँ प्रकृतिको भाइरस भेटिएपछि पुनः एकपटक अन्यौल बढेको छ ।

चीनमा एक २३ वर्षीया युवतिमा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको हो । बीबीसीका अनुसार बेलायतबाट हुने यात्रु आवागमन बन्द गरिसकेको अवस्थामा भेटिएको यो संक्रमणले थप प्रश्न सिर्जना गरेको छ ।

यता, नेपालमा बेलायतबाट आएका ५ जनामा भेटिएको कोरोना नयाँ हो या पुरानो भन्ने पुष्टी गर्न स्वाव थप परीक्षणका लागि हंकंग पठाइने भएको छ । त्यसपछि मात्र उनीहरुबारे पुष्टी हुने भएको छ । अघिल्लो साता भएको परीक्षणमा बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टी भएको हो ।