काठमाडौं । कतारमाथि साउदी अरेबियाले पछिल्लो तीन वर्षयता लगाएको कडा प्रतिबन्ध खुकुलो बनाएको छ । बीबीसीका अनुसार गल्फ को–अपरेशन जीसीसी सम्मेलनका दौरान साउदी अरेबियाको यस्तो निर्णय सार्वजनिक भएको कुवेती परराष्ट्रमन्त्रीले जनाएका छन् । कतारमाथि साउदीले प्रतिवन्ध लगाएपछि सबैजसो छिमेकी मुलुकले प्रतिबन्ध घोषणा गरेका थिए । उसलाई त्यसपछि भने इरानले सहयोग गरेको हो ।
साउदी अमेरिका निकट मानिन्छ भने इरान अमेरिका विरोधी । कतारका लागि यो ऐतिहासिक निर्णय भएको नेताहरुले बताएका छन् । साउदीको पछिल्लो निर्णयसँगै अब कतारसँगको स्थल र जलमार्ग खुलेको छ । हवाई मार्ग खोल्ने तयारी छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले जुन २०१७ मा कतारसँग कुटनीतिक, व्यापारिक तथा यात्रामाथिको सम्बन्ध विच्छेद गरेका थिए ।
कतारले आतंकवादलाई समर्थन गरेको उनीहरुको आरोप थियो ।
कतार खाडीको सबैभन्दा धनी र सानो देश हो । साउदी प्रतिवन्ध कतार भन्दा अन्य मुलुकका लागि घाटा बन्दै गएपछि यो निष्कर्षमा पुगेको बताईएको छ । किनकी कतारले छिमेकी मुलुकको सहयोग बीना समेत आपु समस्यामा रहेको कुनै संकेत देखाएन ।