झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ५ की २८ वर्षीया सलिना राई छन् । मोटरसाइकल तामाङले चलाएका थिए । राई पछाडि सवार रहेको बताइएको छ ।
शिवसताक्षी नगरपालिका ८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र १०२ ०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो ठोक्किएका थिए । त्यसपछि गम्भीर घाइते भएका दुबै जनालाई बीएण्डसी अस्पताल विर्तामोडमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।