जकार्ता । इन्डोनेशियामा शनिबारदेखि हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमहरुक अनुसार दुर्घटनास्थल समेत पत्ता लागेको छ । आज बिहानैबाट खोजी थालिएको र विमान दुर्घटनाग्रस्त भएको स्थान समेत फेला परेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
बीबीसीले विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानीजहाज खटिएको जनाएको छ । इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज शनिबार साँझबाट वेपत्ता भएको थियो ।
श्रीविजाया एयरको बोइङ ७३७ विमान राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको थियो । विमान समुद्रमा खसेको हो । जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । घटनाबारे विस्तृत विवरण खोज र उद्धार सकिएपछि सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन् ।