काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम केसिएनएले आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएको सार्वजनिक गरेको छ ।
वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक अधिवेशन हुन्छ । जसबाट उनी सर्वसम्मत महासचिव बनेका हुन् । यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका छन् ।
संचारमाध्यमहरुका अनुसार उन झन् शक्तिशाली हुने गरी महासचिव बनेका छन् । आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका हुन् । अधिवेशन उद्घाटन गर्दै किम जोङ उनले यसअघिको पञ्चवर्षीय योजना सबै क्षेत्रमा असफल भएको स्वीकार गरेको बताइएको छ ।