काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आइतबार कसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छा तोकिएका छन् ।
यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ । त्यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुखको जिम्मेवारी डा. मदन उपाध्यायलाई तोकिएको छ ।
यसअघि उक्त महाशाखाको जिम्मा डा. रमेश खरेललाई दिइएको थियो । हाल डा. खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।