आजबाट हट्यो सवारी लाइसेन्सको आवेदनमा कोटा प्रणााली

काठमाडौं । सवारी लाइसेन्स लिनका लागि आवेदनमा रहेको कोटा प्रणाली हटेको छ । अब दैनिक जति पनि संख्यामा आवेदन स्वीकार गरिने भएको छ । यसअघि अधिकतम ५ हजारको संख्यामा मात्र आवेदन लिने गरिएको थियो । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन दिन समेत सास्ती भएपछि कोटा प्रणाली हटाएको बताएको छ ।

प्रणालीमा सुधार गरि यस्तो व्यवस्थापन मिलाइएको विभागको भनाई छ । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने गरेका थिए । त्यसअनुसार अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरिएको थियो ।

अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमा समस्या भई नखुल्ने र काम नै नहुने अवस्था थियो । अहिले पनि नेपालमा लाखौं सवारी चालक लाइसेन्सको प्रक्रियामा छन् । अहिले सहजै सवारी उपलब्ध हुने तर लाइसेन्स लिन कडा परीक्षा पास गर्नुपर्ने अवस्था रहेको छ ।