काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गरिएको थियो । जसबाट २३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिले सम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ। नेपालमा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संखया १ हजार ९९४ पुगेको छ।