अमृता के. सि ( रोनी )
काठमाडौं / राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामती स्मारक सामुदायिक वन पर्यापर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिको आयोजनामा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ४ जगडोलमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको छ। शुक्रबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा राष्ट्रिय शहिद दिवस २०७७ मनाईएको हो । राष्ट्रिय शहिद पार्कको संयोजकत्वमा आवद्ध बिभिन्न संघ संस्था र सामुदायिक सेवा केन्द्र ,सहयोगी बहुमुखी महाबिद्यालय ,जागेश्वरी मन्दिर व्यवस्थापन समाज,भगवती युवा क्लब ,मेरुदण्डिय पक्षघात समाज,सुगम वेलफेयर सोसाइटी ,यज्ञडोल जगडोल युवा क्लब लगायत विभिन्न जातिय संघ संस्थाहरुको सहभागितामा सम्पन्न कार्यक्रम राष्ट्रिय शहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देलको सभापतित्वमा सम्पन्न भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सहायक महासचिव डा.बाबुराम अधिकारी,शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलनाथ दहाल,जन आन्दोलन घाइते मेघराज आचार्य,लगायत स्थानिय जनप्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति थियो।कार्यक्रममा बक्ताहरुले शाहीदहरुको योगदानको स्मरण गरेका थिए ।
जगडोलस्थित शहिद पार्कमा राष्ट्रिय शहिद दिवस मनाईयो ।
