काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल र कतार बीच हुने भनिएको बाइल्याट्रल टी २० क्रिकेट सिरिज स्थगित भएको छ । कतारमा कोभिडको जोखिम कायम रहेका कारण प्रतियोगिता स्थगित भएको क्रिकेट संघ नेपाल (क्यान)ले जनाएको छ । कतारमा फेब्रुअरी ९ देखि १२ सम्म प्रतियोगिता हुने गरी तय भएको थियो ।
कोभिड १९ को असर बढदै गएकोले कतार स्पोर्टस डे का अवसरमा कतार क्रिकेट एशोसिएसनका निमन्त्रणामा हुन गइरहेको श्रृङ्खला स्थगित गरिएको संघले उल्लेख गरेको छ । संघले विज्ञप्ती जारी गर्दै क्रिकेट संघले प्रतियोगिताको लागि तय गरेको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्पसमेत स्थगित भएको जानकारी गराएको छ । अर्को सूचना नआएसम्म प्रशिक्षण बन्द भएको छ ।