काठमाडौं । संवैधानिक नियुक्ति रोक्न माग गर्दै सर्वोच अदालतमा रिट दायर भएको छ ।
संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै मंगलबार सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट पेश गरेका हुन् ।
उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाएका छन् ।
निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।