दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा उत्कृष्ट जीत निकालेको छ । गत राती सम्पन्न खेलमा घरेलु टोली ग्रानाडामाथि दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना जीत निकाल्न सफल भएको हो । जीतसँगै टोली सेमिफाइनल प्रवेश गरेको छ ।

बार्सिलोनाले ग्रानडामाथि ५–३ को जीत निकालेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई दुई गोल गरे । एक गोल फ्रान्की डि जोङको नाममा रह्यो । ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरेका थिए ।