म्यानमारको सैन्य शासकद्धारा फेसबुक बन्द

काठमाडौं । म्यानमारमा सैनिक शासकहरुले फेसबुकमाथि प्रतिवन्ध लगाएका छन् । फेसबुकबाट सैन्य शासनको आलोचना भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गर्ने निर्णय लिएको हो । म्यानमार टाइम्सले जनाए अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको छ ।

बिहीबारबाट फेसबुक अस्थायी रूपमा बन्द भएको छ । म्यानमारमा टेलिकम प्रदायकलाई समेत फेसबुक अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ। यसको पुष्टी फेसबुकका प्रवक्ताले समेत गरेका छन् ।

त्यँहाका नागरिकले आफ्नो परिवार र साथीहरूसँग कुराकानी गर्न सकुन तथा महत्वपूर्ण सूचनामा रहन सकुन भन्ने उद्देश्यले पुनः संचालनको वातावरणमा जोड दिइएको उनले जनाएका छन् । सरकारले भने फेसबुकले आफ्नो राष्ट्रमा अस्थिरता ल्याएको बताएको छ ।