आइपीएल अक्सनमा नेपालबाट ८ खेलाडीको नाम गयो

गत सिजनको आइपीएल विजेता टीम मुम्बई

काठमाडौं । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपालबाट ८ जना खेलाडीको नाम पठाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आइपीएलको तीन संस्करण खेलिसकेका सन्दीप लामिछानेसहित आठ जना खेलाडीको नाम पठाइएको हो ।

यसपटक दिल्लीले सन्दीपलाई रिलिज गरेको छ । अर्को कुनै टीमले उनलाई लिन्छ वा लिँदैन भन्ने चासो नेपाली फ्यानमा रहेको छ । आगामी संस्करणको आइपीएलका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरिको नाम पठाइएको हो ।

सात खेलाडी पहिलो पटक अक्शसनमा परेका हुन् । विश्व क्रिकेटमा आईपीएल खेल्नुलाई प्रतिष्ठाका रुपमा लिन्छ । यहाँ रकम र फ्यान दुबै दृष्टिकोणबाट आकर्षण रहेको छ ।

सोहीकारण विश्वका चर्चित खेलाडीले आइपीएल खेल्छन् । यस पटक ८ सय १४ भारतीय र २ सय ८३ विदेशी गरि जम्मा १ हजार ९७ खेलाडी अक्शनमा छन् । एसोसिएट देशका २७ जना खेलाडीमध्ये नेपालबाट मात्रै आठ खेलाडी परेका छन् । अक्शन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ ।