काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको छ । अब संसद विघटन मुद्दामा २८ माघबाट पुनः निरन्तर बहस हुनेछ ।
अदालतमाथि अहिले उच्च दवाव रहेको छ । एकातर्फ निर्वाचन आयोगसहितका संवैधानिक निकायसमेत अदालतको फैसला कुरेर बसेका छन् । अर्कोतर्फ ठूलो जनमत प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा छ । बहसका क्रममा यो दवावबारे प्रधानन्यायाधिशले विषय समेत उठाउने गरेका छन् ।