आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदैछन् । यस दिनको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले यो पर्व मनाउने सबैलाई शुभकामना दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने उल्लेख गरेकी छिन् ।

उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्‍याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।