गोकर्णेश्वर नगर प्रमुखबाट शान्ति पुस्तक दान दिवसको घोषणा

अमृता के सी(रोनी)
काठमाडौं, फागुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित पिस एन्जल्स स्कुलको आयोजनामा सरस्वती पुजाको अवसरमा पहिलो पटक शान्ति पुस्तक दान दिवस मनाइयो।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा शान्ति पुस्तक दान दिवस घोषणा गरिएको हो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,साहित्यकार विजय चालिसे,संगितकार एंव प्राध्यापक अचुतराम भण्डारी,बि पि संग्रहालय संस्थापक अध्यक्ष पशुराम पोखरेल,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजु सुनार,पत्रकार एंव हास्य कलाकार श्रीकृष्ण सिंखडा,गो.न.पा वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा,समाजसेवी किरण बिष्ट,लायन जयराम बिष्ट,पत्रकार पुण्यप्रसाद गौतम,जनप्रतिनिधि विभिन्न संघ संस्था,क्लब,महिला समूह,बासुरी खल,लगायत नागरिक समाजका बिभिन्न तह र तप्काका ब्यक्तीहरुको उपस्तिथि रहेको थियो।
शान्ति र्‍याली सहित आयोजित कार्यक्रममा नगर प्रमुख चालिसेलाई नागरिक अभिनन्दन गरिएको थियो। कार्यक्रमको सभापतित्व विधालयका संस्थापक प्रिसिपल एंव अधिवक्ता राजेश कुमार बिष्टले गरेका थिए। कार्यक्रममा बिष्टले आफुले जातिय एबम सांस्कृतिक सङ्ग्रहालयका लागि आफ्नो जातिय परम्परागत सस्कृति झल्कने भेषभुषा,भाडाकुडा,पुजासामाग्री,कृषिअाैजार,लोकबाजा, विबाह ,उत्सव ,जन्म, न्बारान, पास्नी,,व्यापार ब्यबसाय आदिमा प्रयोग हुँदै आएका सामाग्रीहरु र किताबहरु संकलन गरि नेपालको एकमात्र पहिलो सङग्रहालय युक्त विधालयको निर्माण गरेको बताएका थिए । सांस्कृतिक संग्राहलय युक्त विधालयको नगर प्रमुखले समुद्घाटन गरेका थिए भने कार्यक्रममा जेष्ठ नागरिक ,साहित्यकार ,लेखक ,सांस्कृतिक कर्मी,समाजसेवी , देशभक्त ,पुस्तक एंव परम्परागत र विविध सांस्कृतिक सामग्री दाताहरुलाई सम्मान गरिएको थियोे।

कार्यक्रममा नगर प्रमुख चालिसेले आफ्नो नगरको चौतर्फी विकास आफ्नै कार्यकालमा गरिसक्ने प्रतिबद्धता जनाउदै संस्कृतिको संरक्षण र जगेर्ना सहित शिक्षाको बिकास गर्ने नेपालकै पहिलो विधालय आफ्नै नगरबाट सुरुवात गर्न पाउँदा हर्षित भएको बताए। समृद्ध राष्ट्र निमार्णको निमित्त शिक्षाको महत्त्वपूर्ण भुमिका रहने भएकोले फागुन ४ गतेलाई शान्ति पुस्तक दान दिवसको घोषणा नगर प्रमुखले गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकाश वक्ताहरूले शिक्षा र सिकाइको लागि नमुना विधालय भएको बताउदै हाल कक्षा पाँच सम्म पढाई संचालन हुने विधालयलाई भोलिको दिनमा मास्टर्स डिग्री सम्मको पढाई संचालन होस् भनेर शुभकामना दिए।

हालै घोषणा गरिएको सङग्रहालय युक्त नेपालको एकमात्र पहिलो बिधालय हो ।