आज आइपीएल अक्सन, नेपालीको नजर सन्दीपमा

काठमाडौैं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणका लागि आज मिनी अक्सन हुँदैछ । यसै अक्सनबाट अधिकांश टीम र खेलाडीको टुंगो लाग्छ । चेन्नईमा आयोजना हुने यो अक्सन नेपाली क्रिकेट फ्यानका लागि पनि महत्वपूर्ण छ । किनकी यो पटक सन्दीप लामिछाने पुनः अक्सनमा छन् । तीन वर्ष अगाडी उनलाई दिल्लीले २० लाख भारुमा खरीद गरेको थियो ।

उनलाई यसै वर्ष रिलिज गर्यो । त्यसपछि सन्दीपले आफ्नो वेश प्राइस ४० लाख्दै अक्सनमा भाग लिएका छन् । अक्सन अपरान्ह ३ः१५ बजे सुरु हुँदैछ । आफ्नो स्पीनको जादुले संसारभर छाप छाड्न सफल सन्दीपलाई जुन टिमले लिन्छ, नेपालीको समर्थन त्यतै जाने भएकाले समेत उनी बिक्रि हुने आशा नेपालीले गरेका छन् ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडीलाई क्लवहरुले किन्ने छन् । यस्तो अवस्थामा अक्सनमा रहेका खेलाडी पर्ने नपर्ने उनीहरुको भाग्यमा पनि भर पर्छ ।